रवि र बालेनबीच सम्झौतापछि एमाले महासचिव पोखरेलले भने–जेनजी घटनाका योजनाकार र मतियार सार्वजनिक हुँदैछन्

काठमाडौं, १३ पुस ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच सम्झौता भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्। उनले भदौ २३ र २४ को घटनालाई भूराजनीतिक द्वन्द्व गोटी बनाएर नेपाललाई युक्रेनजस्तो अस्थिर बनाउने षडयन्त्रको पहिलो चरणको संज्ञा दिएका छन्।ुभाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो।

त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो। यी विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए रु भन्ने कुरा क्रमशः सार्वजनिक हुँदैछ,ुउनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,ुभाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो। अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ।उनले यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक भएको औंल्याएका छन्। नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्ने उनको भनाइ छ।आइतबार बिहान रास्वपा सभापति रवि र र काठमाडौं महानगरपालिकाका मेयर बालेनबीच सातबुँदे सहमति भएको छ।

बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने गरी उनीहरूबीच सहमति भएको हो। त्यस्तै पार्टी सभापतिमा भने लामिछाने रहने सहमति पत्रमा उल्लेख छ। सहमति पत्रमा लामिछाने र बालेनले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी,दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह ुघण्टीु र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने उल्लेख छ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने सम्झौता पत्रमा उल्लेख छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति