नवौं एनभीए भलिबल च्याम्पियनसिपमा आज चार वटा खेल हुँदै


काठमाडौं, १३ पुस । नवौं एनभीए भलिबल च्याम्पियनसिपमा आज पनि चार वटा खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा महिलातर्फ बिहान १० बजे त्रिभुवन आर्मी क्लब र चुली युवा क्लब खेल्दैछन् । यस्तै दिउँसो १२ बजे सुदूरपश्चिम खेलकुद परिषद् र सशस्त्र प्रहरी बलको एपीएफ खेल्दैछन् ।यसैगरी पुरुषतर्फ दिउँसो २ बजे हेल्प नेपाल स्पोटर्स क्लब र मणि मुकुन्द भलिबल क्लब खेल्दैछन् । यस्तै दिउँसो ४ बजे नेपाल पुलिस क्लब र खिल्जी युवा क्लब खेल्दैछन् ।हिजो भएको खेलमा पुरुषतर्फ रुकुम पश्चिम भलिबल ट्रेनिङ सेन्टर र त्रिभुवन आर्मी क्लब तथा महिलातर्फ न्यू डायमण्ड युथ स्पोर्टस क्लब र विभागीय टोली एपीएफ विजयी भए ।एनभीए भलिबल च्याम्पियनशिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति