रौतहट, १२ पुस । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।कटहरीया नगरपालिका–९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट भएको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक ९एसपी० रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्।बिहान अचानक ठूलो आवाज सहित डिस्टीलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताए । विष्फोटबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै रहेको उनले बताए ।
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
प्रतिक्रिया