हातहतियार र बिष्फोटक पदार्थ फेला

काठमाडौं, १२ पुस । अर्घाखाँचीको शितगंगा नगरपालिकामा बेवारिसे अवस्थामा विभिन्न प्रकारका हात हतियार तथा विस्फोटक पदार्थहरु फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बिहान अन्दाजी १० बजे शितगंगा नगरपालिका वडामा नम्बर ११ बोक्सेमा विभिन्न किसिमका हतियार तथा बिष्फोटक पदार्थहरु फेला पारेको हो ।ग्रामीण गस्ति गर्ने क्रममा बोक्सेमा पुरानो कोही नबस्ने गोठ (थारो)मा भरुवा बन्दुक २ थान, ग्रिनेट १४ थान, डेटोनेटर थान १२, पलास्टिकको पाईप लम्वाई २५ ईन्च लामो लन्चर जस्तो देखिने पदार्थ थान ३, ५ लिटरको प्रेषर कुकर बम थान १, स्टिलको डलु बम थान १, बिजुलीको तार ४ बण्डल र बारुद अन्दाजी ५०० ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी दिवस जिसीले बताए । भरुवा बन्दुक थान २ बाहेक अन्य विस्फोटक पदार्थहरू नेपाली सेनाको सहयोगमा डिष्पोज गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति