काठमाडौं, ९ पुस । नेकपाले माग्यो समानुपातिक उम्मेदवारको नाम–युवालाई प्राथमिकता, अवसर पाएकालाई नदोहोर्याउने
नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ बन्द सूचीमा बुझाउनका लागि उम्मेदवारको नाम मागेको छ ।
समानुपातिकतर्फ उम्मेदवारको नाम बुझाउने समय नजिकिएसँगै नेकपाले तल्लो तहबाट उम्मेदवारको लिस्ट मागेको हो । समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची पुस १३ र १४ भित्र पेस गर्नुपर्ने छ ।आयोगमा तोकेको समयमा उम्मेदवारको नाम बुझाउने गरी पार्टीले काम गरिरहेको नेकपाका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । उनका अनुसार शुक्रबारभित्र जिल्ला कमिटीलाई नाम पठाउन निर्देशन भएको छ ।उनले नेपाल भने, ‘हामीले पर्सिसम्म उम्मेदवारको नाम पठाउन भनेका छौँ । तल्लो कमिटीबाट आएपछि हामी केन्द्रमा छलफल गरेर टुंग्याउँछौं ।’उनले उम्मेदवार छनोटको मापदण्डसहित निर्देशन गरेको बताए ।
उनले भने, ‘हामीले मुख्य प्राथमिकता युवालाई दिने भनेका छौँ । त्यसपछि पार्टीमा लामो समयदेखि योगदान गरेका अवसर नपाएका व्यक्ति, विभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने व्यक्तिलाई अघि सर्छौँ ।’ उनले विगतमा अवसर पाएकाहरूलाई नदोहोर्याउने नीति अघि सारेको पनि बताए । पार्टी एकतापछि समन्वय गरेर गरेर नाम पठाउन निर्देशन दिएको पनि बताए ।उनले थपे, ‘पार्टी एउटै भइसकेको छ । कसलाई कति प्रतिशत भनेर छुट्टाएका छैनौँ । तलबाट साथीहरूले सबैसँग समन्वय गरेर पठाउनुहुन्छ ।’
प्रतिक्रिया