प्रधानमन्त्री र प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट छलफल हुँदै

काठमाडौँ, ८ पुस । प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका प्रमुख तीन दलका नेतृत्वबीच पहिलोपल्ट छलफल हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा आज (मंगलबार) उनीहरूबीच जेनजी आन्दोलनपछि पहिलोपल्ट सामुहिक छलफल हुन लागेको हो ।

राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँगको छलफलमा प्रधनमन्त्री कार्कीलाई पनि बोलाएका छन् ।

राष्ट्रपति सचिवालयले दिउँसो ३ बजे कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा कार्कीलाई पनि बोलाइएको पुष्टि गरेको छ ।तर, राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की तथा पूर्वप्रधानमन्त्रीत्रयसँग हुन लागेको छलफलको एजेन्डाबारे भने केही खुलाएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति