सुधार नगर्ने दलहरूको राजनीति सकिनेछ : ओजस्वी भट्टराई (भिडियोसहित)


काठमाडौं, ८ पुस । प्रगतिशील लोकतान्त्रिक पार्टीकी अध्यक्ष ओजस्वी भट्टराईले सुधार र पारदर्शिताबाट टाढिँदै जाने राजनीतिक दलहरू जनताको विश्वास गुमाउँदै अन्ततः अस्तित्व संकटमा पर्ने चेतावनी दिएकी छन्।

एबीसी टेलिभिजनको कार्यक्रम समय चक्र मा बोल्दै अध्यक्ष भट्टराईले लोकतन्त्र नारामा सीमित हुँदा कमजोर हुने बताउँदै नागरिकको अर्थपूर्ण सहभागिता बिना लोकतान्त्रिक शासन सम्भव नहुने स्पष्ट पारिन्। उनले युवाहरू, महिला र सीमान्तकृत समुदायलाई निर्णय प्रक्रियाको केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।

उनले भ्रष्टाचारलाई संरचनागत समस्या भन्दै सार्वजनिक प्रशासन, सुरक्षा संयन्त्र र राजनीतिक संरचनामा गहिरो सुधार आवश्यक रहेको बताइन्। “भ्रष्टाचारले जनविश्वास मात्र होइन, राज्यको अन्तर्राष्ट्रिय छवि समेत ध्वस्त पार्छ,” अध्यक्ष भट्टराईको भनाइ थियो।

विदेशी लगानी र अन्तर्राष्ट्रिय साझेदारीका विषयमा बोल्दै उनले राष्ट्रिय हितविपरीत गरिने सम्झौताले दीर्घकालीन संकट निम्त्याउने चेतावनी दिइन्। अष्ट्रेलियालगायत अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दा नैतिकता र दीगो विकास अनिवार्य रहेको उनले उल्लेख गरिन्।

सुरक्षाका विषयमा उनले नागरिक सुरक्षा प्राथमिकतामा नराख्दा राज्य संयन्त्र कमजोर हुने भन्दै बल प्रयोगभन्दा न्याय, जवाफदेहिता र सामाजिक समावेशीताबाट मात्रै स्थायित्व सम्भव हुने बताइन्।

अन्त्यमा अध्यक्ष भट्टराईले महिला नेतृत्वलाई कमजोर ठान्ने प्रवृत्तिको आलोचना गर्दै लोकतन्त्र जोगाउन पारदर्शिता, उत्तरदायित्व र आन्तरिक लोकतन्त्र अपरिहार्य रहेको दोहोर्याइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति