काठमाडौँ, ७ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बीच करिब दुई घण्टा लामो छलफल भएको छ। बैठकपछि सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै बैठक सकारात्मक रहेको र मुख्यतया आगामी निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक मुद्दामा केन्द्रित रहेको जानकारी दिए ।
सञ्चारमन्त्री खरेलका अनुसार बैठकमा आगामी फागुन २१ गतेका लागि तय गर्न सकिने निर्वाचनका विषयमा विस्तृत छलफल भएको छ। सरकारले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न गरिरहेको तयारीबारे रास्वपा टोलीलाई आश्वस्त पारेको छ।
हामीले निर्वाचन आयोगको काम, सुरक्षा निकायको अवस्था र सरकारको तयारीबारे रास्वपाका नेताहरूलाई जानकारी गरायौँ, मन्त्री खरेलले भने। रास्वपा सभापति रवि लामिछानेले पनि आफ्नो पार्टी आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन तयार रहेको र निर्वाचन समयमै हुनुपर्नेमा जोड दिनुभएको छ।
रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धान र राजनीतिक प्रतिशोधू का बारेमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खरेलले सरकार विधिको शासनमा अडिग रहेको बताए ।
ूयो सरकार नागरिक आन्दोलन र जेन(जी पुस्ताको भावनाबाट बनेको नागरिक सरकार हो,ू मन्त्री खरेलले भने, ूत्यसैले यो सरकारले कसैलाई अन्याय गर्दैन र कसैमाथि अन्याय हुन पनि दिँदैन। न्यायको पक्षमा र विधिको शासनको पक्षमा सरकार दृढ छ।ू
सभापति लामिछानेमाथिको अनुसन्धानबारे उनले भने, अदालतमा विचाराधीन मुद्दामा सरकारले हस्तक्षेप गर्दैन, तर न्याय पाउने प्रक्रिया छिटो होस् भन्ने हाम्रो पनि चाहना हो। अनुसन्धान परिस्थिति र आवश्यकता अनुसार राज्यका निकायहरूले गरिरहेका छन् र यो प्रक्रिया अगाडि बढ्छ।
प्रतिक्रिया