दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

काठमाडौं,  ६ पुस ।  मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार राति ९ बजे लटिनाथबाट शेरीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।सुपप्र ०१००१च २६०४ नम्बरको जीप भैसे भन्ने स्थानमा दुर्घटना भएको उनको भनाइ छ । दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको हो । सोही जीपका चालक माधव महरा घाइते भएका छन् ।घाइते महराको लटिनाथ स्वास्थ्यचौकीमा उपचार भइराखेको छ । चालकसहित दुई जनामात्र सवार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति