माधव नेपालको आग्रह– आलोचना स्वीकार्छौं, एक पटक मौका दिनुस्

काठमाडौं, ५ पुस । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् ।

साथै, उनले एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन आग्रह गरे ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।‘हामी साँच्चै जनताको चाहनालाई साकार पार्नका लागि इमानदारीताका साथ अगाडि बढेका छौं कि छैनौं,’ अध्यक्ष नेपालले भने, ‘हामीलाई एक पटक तपाईंले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमानदारीताको राजनीति, देशभक्तिको भावनालाई, देशप्रेमको भावना र सेवाको भावनालाई केन्द्रमा राखेर भूमिका खेल्दै पनि आएका छौं ।’

उनले आफ्नो पार्टीका नेताहरूले लेखेको भूमिकाको मूल्यांकन गर्न पनि उनले आग्रह गरे ।

‘अघि तपाईंहरूले सुन्नुपनि भयो, देशमा गणतन्त्र ल्याउने कुराको सन्दर्भमा होस्, त्यसअघि निर्दली भूमिका फाल्ने सन्दर्भ, संविधान ल्याउने सन्दर्भ, लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने सन्दर्भ, या देशको विकास गर्ने योजनालाई अघि बढाउने सन्दर्भमा होस् हामी चुनौतीको साथ भन्छौं, हामीले खेलेको भूमिकाको एक एक मूल्यांकन गर्नुस् । राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहुन्छ भने हामी स्वीकार गर्न पनि तयार छौं,’ नेपालले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति