आर्मीले परेड गरेजस्तो ताल मिलाएर काम गर्न तयार बनौंः ओली

काठमाडौं ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको भावनाका साथ अघि बढ्ने बताएका छन्।

११ औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका ओलीले महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकमा बोल्दै एकताको भावनाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने बताए।

‘पार्टीभित्र केही समस्या देखिने गरेको छ। आगामी दिनमा हामी त्यस्ता खालका कमजोरी कुनै पनि प्रकट नहुन् भन्ने कामना गर्दछौं,’ ओलीले भने, ‘हाम्रो एक आवाज हुनुपर्दछ। विधान महाधिवेशनले पारित गरेका वैचारिक, संगठनात्मक, कार्यक्रमिक नीतिअनुसार हामी अगाडि बढ्नेछौं। र ती नीतिमा एक स्वर भएर परेडमा आर्मीले मार्च गरेजस्तो हाम्रा हात पनि बराबर हल्लिने, खुट्टा पनि बराबर चल्ने गरी ताल मिलाएर हामी अघि बढ्नेछौं।’ मनोनयन, पोलिट्ब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्न नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६, २७ र २८ गते बस्ने तय भएको छ ।

अध्यक्ष ‌ओलीले टोलटोलमा सुरक्षा समिति बनाएर आम जनताको सुरक्षाको काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति