एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक (तस्वीरहरु)

काठमाडौं ४ पुस,। एघारौं महाधिवेशनबाट चुनिएको नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक शुरु भएको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बसिरहेको छ ।एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । 

एमाले सचिव राजन भट्टराईका अनुसार केन्द्रीय कमिटी बैठकले तत्काल गर्नुपर्ने कामको बारेमा निर्णय गर्नेछ । बैठकले नवनिर्वाचित केन्द्रीय कमिटी पदाधिकारीहरूका बीचमा जिम्मेवारी बाँडफाँट लगायतको विषयमा पनि छलफल गर्ने तयारी रहेको सचिव भट्टराईले बताए।

काठमाडौंमा आयोजित एघारौं महाधिवेशनबाट चुनिएको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीको बर्चस्व छ । ओली प्यानलबाट २२७ जना सदस्य निर्वाचित भएका छन् ।

एमालेको नयाँ नेतृत्वका लागि ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका थिए ।सपथ ग्रहण समारोहमा अनुपस्थित ईश्वर पोखरेल सहभागी हुन वा नहुने केही बताइएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति