एमाले महाधिवेशनः साढे ८ बजेसम्म खस्यो १२ सय मत


काठमाडौं, २ पुस । नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको मतदानमा १२ सय मत खसेको छ ।काठमाडौंको भृकुटीमण्डपमा मतदान जारी छ । साँझ साढे ८ बजेसम्ममा १२ सय मतदान भएको केन्द्रीय निर्वाचन आयोगले जानकारी गराएको छ ।आयोगका अनुसार, बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो ।मतदान केन्द्र प्रवेशको समय पनि थप गरिएको छ । महासचिव शंकर पोखरेलले यसअघि साँझ ८ बजेसम्मका लागि तय भएको समय थप गरेर राति १० बजेसम्मका लागि मतदानको समय तोकिएको हो ।एमालेको निर्वाचन कार्यतालिका अनुसार साँझ ५ बजेसम्म मतदान गर्ने भनिएको थियो ।मतदानको प्रक्रिया सुरु समयमै नहुँदा, मतदानका लागि विद्युतीय मेसिनमा पदाधिकारी अभ्यस्त नहुँदा समय सारिएको पोखरेलको भनाइ छ ।एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति