काठमाडौं २ पुस । एमालेमा अध्यक्ष केपी शर्मा ओलीको ह्याट्रिकका लागि नयाँ नेतलागि विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ। मतदान प्रक्रिया प्राविधिक रूपमा व्यवस्थित भए पनि उम्मेदवारहरूको ठूलो संख्या (१९ पदाधिकारीका लागि ४१ र ३०१ केन्द्रीय सदस्यका लागि ६०० भन्दा बढी) का कारण एक मतदातालाई मत हाल्न औसत २५–४० मिनेट लागिरहेको छ। एकैपटक ५० जना प्रतिनिधिले मतदान गरिरहेका छन्।
गुटगत सहज होस् भनेर दुवै पक्षले प्यानल लिष्ट लैजान पाउने सहमति गरेका छन्। तर मोवाइल भने लान नदिएइएको नेता विष्णुरिमालले जानकारी दिए ।
अन्तिम समयसम्ममा दुवै पक्षले प्यानल लिष्ट बाँडेका छन् । रोचक के छ भने ओली पक्षले अध्यक्षका प्रत्याशी पोखरेल र महासचिवका उमेद्वार पाण्डेको समेत खुला केन्द्रीय सदस्यमा नाम राखेको छैन भने पोखरेल पक्षले ओली, विष्णु पौडेल र प्रदीप ज्ञवालीको नाम खुला केन्द्रीय सदस्यमा राखेको छ ।
पोखरेलपक्षले माओवादीबाट एमालेमा रहेका रामबहादुर थापा र लेखराज भट्टलाई समेत ब्ल्याकलिष्ट गरेको अन्त्मि प्यानललिष्ट मतदाताहरुलाई बाँडिएको छ ।
मतदान प्रवेश र नियमहरू
- प्रवेश प्रक्रिया: प्रतिनिधिले मतदानस्थलमा प्रवेश गर्नुअघि आफ्नो महाधिवेशन प्रतिनिधि कार्ड स्क्यान गर्नुपर्छ। स्क्यान सफल भएपछि मात्र भित्र प्रवेश पाइन्छ।
- कार्ड प्वाल पार्ने: भित्र छिरेपछि कार्डमा प्वाल पारिन्छ (यो दोहोरो मतदान रोक्नका लागि)।
- मोबाइल निषेध: मतदान कक्षभित्र मोबाइल फोन पूर्ण रूपमा बन्देज गरिएको छ। यसले गोपनीयता कायम र अनावश्यक हस्तक्षेप रोक्न मद्दत गर्छ।
- प्यानल सूची अनुमति: दुवै प्यानल (ओली र पोखरेल पक्ष) का उम्मेदवारको सिफारिस सूची (लिस्ट) भने लान दिइएको छ। प्रतिनिधिहरूले त्यही सूची हेरेर आफ्नो मन परेको प्यानलका उम्मेदवारलाई सजिलै मत हाल्न सकून् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।
भोटिङ मेसिनको प्रयोग विधि
- स्क्रिनमा सूची: मेसिनको स्क्रिनमा सबै पदका उम्मेदवारहरूको फोटो र नाम सहितको सूची देखिन्छ।
- मत हाल्ने तरिका: इच्छाएको उम्मेदवारको नाम/फोटोमा डबल ट्याप (दुईचोटि थिच्ने) गर्नुपर्छ।
- यदि गल्ती भयो भने भोट फिर्ता हुन सक्छ र स्क्रिनमा संकेत चिह्न देखिन्छ। त्यसबेला फेरि मत हाल्न वा बदल्न सकिन्छ।
- पेज सिस्टम: उम्मेदवारहरूको सूची १५ वटा पेज मा विभाजित छ।
- एउटा पेजमा भएका सबै उम्मेदवारलाई मत हालेपछि मात्र अर्को पेजमा जान सकिन्छ।
- पेज फड्किनुअघि सबैलाई मत हाले/नहालेको जाँच हुन्छ (स्क्रिनमा संकेत आउँछ)।
- यदि कुनै पदमा मत छुट्यो भने मेसिनले संकेत गर्छ – छोडेर अगाडि बढ्न वा हाल्न सकिन्छ।
- महत्त्वपूर्ण: एकपटक अर्को पेजमा गएपछि फर्केर आउन मिल्दैन।
- कुल ट्याप: सबै पदमा मत हाल्न करिब साढे ३ सय पटक बटन थिच्नुपर्छ।
प्रमुख उम्मेदवारहरूको मतदान समय
प्राविधिक लक्ष्मण रिमालका अनुसार:
- केपी शर्मा ओली र ईश्वर पोखरेल: दुवैलाई ४०–४० मिनेट लाग्यो।
- विष्णु पौडेल (उपाध्यक्ष उम्मेदवार): २५ मिनेट।
- सुरेन्द्र पाण्डे (महासचिव उम्मेदवार): ३० मिनेट। प्रविधिमा अभ्यस्त प्रतिनिधिहरूले छिटो मत हालिरहेका छन्।
मतदान जारी छ र विद्युतीय प्रणालीका कारण मतदान सकिएपछि २–३ घण्टामै परिणाम आउने अपेक्षा गरिएको छ। यो प्रक्रियाले एमालेको आन्तरिक निर्वाचनलाई पारदर्शी र छिटो बनाउने प्रयास गरेको देखिन्छ।
प्रतिक्रिया