ओलीको हप्कीपछि राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिए

काठमाडौं १ पुस । नेकपा एमालेको उपमहासचिव पदमा उम्मेदवारी दिएका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता गरेका छन् ।

उनले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा हिजो अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टि जनाउँदै उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए । तर, गत राती अध्यक्ष ओलीले ‘राजनीतिबाटै सन्यास लिन लाग्या हो’ भन्दै चेतावनी दिएपछि आज बिहान सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता गरेको जानकारी दिएका छन् । बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता लिएको उनले बताए ।

साथै, उनले ओलीको सिंगो टिमलाई विजयी गराउन अपिल गरेका छन् । ‘पार्टीको ११औँ महाधिवेशनको आज चौथो दिन हो । राष्ट्रिय संकट, चौतर्फी घेराबन्दीको बीचमा भएको यो महाधिवेशनमा जनताले देखाएको अपार सहभागिता, जनसर्मथनप्रति रेड स्यालुट गर्दै केपी शर्मा ओलीको सिंगो टिमलाई विजय गराउन हार्दिक अपिल गर्दै पार्टीको नेतृत्वको सुझाव र सल्लाहमा उपमहासचिवको पदको उम्मेदवारी फिर्ता गरेको छु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

यद्यपि, उनले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी कायम रहेको छ । आफूलाई सो पदमा विजयी गराउन उनले प्रतिनिधिलाई आग्रह गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति