एमालेमा दुई आयोगका ६ पदाधिकारी र ८ केन्द्रीय सदस्य निर्विरोध (सूचीसहित)

काठमाडौं, २९ मंसिर । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि दुई आयोगका पदाधिकारी र ८ जना केन्द्रीय सदस्यहरू निर्वारोध भएका छन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनीहरू निर्विरोध भएका हुन् ।जस अन्तर्गत खुला केन्द्रीय सदस्यमा खुला युवा क्लस्टर दुई जनाको कोटा छुट्याइएको थियो । जसमा नरेश रोकाया र सुशील थापाको मात्रै उम्मेदवारी परेको छ ।
त्यस्तै, मधेशी युवा क्लस्टरमा अमर कुमार यादव निर्विरोध भएका छन् । मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्विरोध भएकी छिन् ।
पार्टीको दुईवटा आयोगका पदाधिकारी पनि निर्विरोध भएका छन् । अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव पद निर्विरोध भएको हो । अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, चक्रबहादुर पराजुली, राजेन्द्र घिमिरे निर्विरोध भएका छन् ।
लेखा आयोगको अध्यक्षमा डा। पुष्पराज कँडेल निर्विरोध भएका छन् । यसअघि पनि लेखा आयोगमा कँडेल नै थिए । त्यस्तै, उपाध्यक्षमा घनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध भएका छन् ।

खुला केन्द्रीय सदस्य (युवा)

१ नरेश रोकाया

२ सुशील थापा

मधेशी (युवा)

१ अमर कुमार यादव

मुस्लिम (महिला)

१ खाजिदा खातुन सिद्धकी

श्रमिक महिला

१ कमला देवी तामाङ

२ सिता लामा

पिछडिएको क्षेत्र (महिला)

१ बदमी क्वाँरी बुढा (बोहरा)

प्रवास (दक्षिण एसिया)

१ हरि प्रसाद घिमिरे

अनुशासन आयोग

अध्यक्ष–प्रा.डा. भरतराज पहाडी

उपाध्यक्ष–चक्रबहादुर पराजुली

सचिव–राजेन्द्र घिमिरे

लेखा आयोग

अध्यक्ष–डा. पुष्पराज कँडेल

उपाध्यक्ष–घनेन्द्र राज घिमिरे

सचिव–ईश्वरी प्रसाद खरेल

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति