ओली पक्षको पदाधिकारी प्यानलको उमेद्वारी दर्ता, शंकर र सुरेन्द्र महासचिवका प्रतिस्पर्धी, केही रोचक उमेद्वार

काठमाडौं २९ मंसिर । नेकपा एमालेको ११औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र जारी छ। अध्यक्ष केपी शर्मा ओली पक्षले पदाधिकारीका सवै उम्मेदवारले उमेद्वारी दर्ता गराएका छन् । यो उमेद््वारीसँगै केपी ओली तेस्रो कार्यकालको अध्यक्ष हुने भएका छन् भने बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पनि प्यानलसहित ओलीलाई चुनौति दिने भएका छन् ।

कुल मतदाता: करिब २,२६३ जना।

पदाधिकारी उम्मेदवारहरू (ओली पक्षको प्यानल):

  • अध्यक्ष: केपी शर्मा ओली (निरन्तरता)
  • उपाध्यक्ष (५ जना):
    • विष्णु प्रसाद पौडेल
    • रामबहादुर थापा ‘बादल’
    • गुरु बराल
    • पृथ्वीसुब्बा गुरुङ
    • प्रदीप ज्ञवाली
  • महासचिव: शंकर पोखरेल (दोहोरिने)
  • उपमहासचिव (३ जना):
    • विष्णु रिमाल (यसअघि पनि उपमहासचिव)
    • रघुवीर महासेठ (यसअघि सचिव)
    • लेखराज भट्ट (यसअघि सचिव; यसअघि भानुभक्त ढकाललाई उपमहासचिव प्रस्ताव गरिएकोमा हेरफेर)
  • सचिव (९ जना):
    • छबिलाल विश्वकर्मा (दोहोरिने)
    • पद्मा अर्याल (दोहोरिने)
    • भानुभक्त ढकाल (नयाँ; यसअघि उपमहासचिव प्रस्तावित)
    • खगराज अधिकारी (नयाँ)
    • शेरधन राई (नयाँ)
    • यमलाल कँडेल (नयाँ)
    • हिक्मत कार्की (नयाँ)
    • महेश बस्नेत (नयाँ)
    • राजन भट्टराई (नयाँ)

नयाँ अनुहारहरू: ढकाल, अधिकारी, राई, कँडेल, बस्नेत, कार्की, भट्टराई।

अन्य आयोगहरू (ओली पक्ष):

  • लेखा आयोग अध्यक्ष: पुष्प कँडेल (दोहोरिने)
  • अनुशासन आयोग अध्यक्ष: काशीनाथ अधिकारी (यसअघि संगठन विभाग प्रमुख)

स्वतन्त्र/अन्य उम्मेदवारी:

  • प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् (५० वर्ष पार्टी सक्रियता उल्लेख गर्दै)।आनन्द पोखरेलले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । ओलीको प्यानलमा नपरेपछि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
  • कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
  • ओली प्यानलबाट केन्द्रीय सदस्यको लिष्टमा परेका आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीमा कामको मूल्यांकन हुनुपर्ने भन्दै उपाध्यक्षमा उठ्ने तयारी गरेको उनले बताए ।

ईश्वर पोखरेल पक्ष (संस्थापन इतर):

  • अध्यक्ष: ईश्वर पोखरेल (ओलीसँग प्रतिस्पर्धा)
  • उपाध्यक्ष: गोकर्ण विष्ट,रघुजी पन्त, टंक कार्की, डा.विन्दा पाण्डे
  • महासचिव: सुरेन्द्र पाण्डे
  • उपमहासचिव: योगेश भट्टराई
  • सचिवहरू : कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटा, कृष्ण गोपाल श्रेष्ठ, गोकुल बास्कोटा, पुरुषोत्तम पौडेल, विनोद ढकाल

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संघ (अनेरास्ववियु) को हालै सम्पन्न महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका प्रकाश पौडेलले माउ पार्टी नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।उनले गण्डकी प्रदेशतर्फ युवा क्लस्टरबाट खुला केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन्।पौडेलले ईश्वर पोखरेल खेमाबाट (संस्थापन इतर पक्ष) उम्मेदवारी दिएका छन्। अनेरास्ववियुमा उमेर हद लागू भएपछि उनले पार्टी राजनीतितर्फ फड्को मारेका हुन्।

कोशी प्रदेशबाट ओली पक्षका उम्मेदवारहरू:

  • पदाधिकारी (५ जना): अध्यक्ष ओली, उपाध्यक्ष गुरु बराल, उपमहासचिव भानुभक्त ढकाल (हेरफेरपछि सचिवमा?), सचिव हिक्मत कार्की र शेरधन राई
  • केन्द्रीय सदस्य (५३ जना मध्ये झापाबाट मात्र १९ जना; विभिन्न क्लस्टरबाट):
    • प्रदेश भूगोल (९): मानवीर राई (सोलुखुम्बु), जीवन घिमिरे (मोरङ), रोमनाथ ओली (झापा), रामबहादुर मगर (इलाम), इन्द्र भण्डारी (झापा); महिला: मञ्जु भण्डारी (सुनसरी), मेनुका काफ्ले (झापा), मिना उप्रेती (झापा); युवा: क्षितिज थेबे (ताप्लेजुङ)
    • आदिवासी जनजाति: श्रीप्रसाद जबेगु (पाँचथर), तिलकुमार मेन्याङ्बो (ताप्लेजुङ), राजेन्द्र राई (धनकुटा), पासाङ शेर्पा (ताप्लेजुङ), हेमराज राई (भोजपुर), मनोज ताम्ली (झापा, युवा)
    • आदिवासी जनजाति महिला: उषाकला राई (खोटाङ), आशा जबेगु (पाँचथर), भूमिका सुब्बा (धनकुटा), तारा तितुङ (धनकुटा)
    • मधेसी: जगदीश कुसियैत (सुनसरी), दिलीप बगडिया (मोरङ)
    • दलित महिला: विष्णुमाया विक (तेह्रथुम)
    • थारु महिला: मञ्जु चौधरी (उदयपुर)
    • खुल्ला: राजेन्द्र गौतम (सङ्खुवासभा), भीम आचार्य (सुनसरी), अग्नि खरेल (झापा), लालबाबु पण्डित (मोरङ), तुलसी न्यौपाने (सङ्खुवासभा), प्रेम दंगाल (सुनसरी), देवेन्द्र दाहाल (झापा), जितबहादुर दर्जी (झापा), गोविन्द थापा (झापा), दीपक कार्की (झापा), विशाल भट्टराई (झापा), यज्ञराज सुनुवार (ओखलढुङ्गा), चिन्तन पाठक (झापा), ऋषिकेश पोखरेल (मोरङ), होमबहादुर थापा (झापा), एलिजा गौतम (झापा), भगवती चौधरी (सुनसरी), गीता अधिकारी (झापा), सुनिता बराल (झापा), निर्मला पाठक (झापा), बिनादेवी राई (खोटाङ), सकुन्तला लेप्चा (इलाम), जलवर्षा राजवंशी (झापा), अस्मिता थापा (ओखलढुङ्गा), शिल्पा निराला कार्की (मोरङ)

एमाले जितेका महानगरका उपमेयरहरू केन्द्रीय सदस्य उम्मेदवार:

  • सुनिता डंगोल (काठमाडौं)
  • मञ्जली शाक्य बज्राचार्य (ललितपुर)
  • शिल्पा निराला कार्की (विराटनगर)
  • मञ्जु गुरुङ (पोखरा, दोस्रोपटक)

महासचिवका प्रतिस्पर्धीहरूको तुलना:

  • शंकर पोखरेल (अन्तर्मुखी, वैचारिक नेता, दाङ जमिनदार परिवार, मदन भण्डारीबाट प्रेरित, विद्यार्थी राजनीतिबाट उदय, पूर्व मुख्यमन्त्री लुम्बिनी)
  • सुरेन्द्र पाण्डे (बहिर्मुखी, व्यवहारवादी, धादिङ/चितवन मध्यम किसान परिवार, पूर्व अर्थमन्त्री, महिलाको सम्पत्ति अधिकारमा योगदान)

जेनजी पुस्ताबाट एकमात्र उम्मेदवार ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा बनेकी छन् । २९ वर्षीया थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी छन् ।

ओखलढुंगा जिल्ला कमिटी उपसचिव रहेकी थापा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकै बेला २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिका उपाध्यक्ष उम्मेदवार बन्न गएकी थिइन् । उनी त्यसबेला सबैभन्दा कम उमेर (२६ वर्ष)mकी उपाध्यक्षका रुपमा निर्वाचित भएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति