ओलीको टीममा नपरेका रघुजी पन्तको उपाध्यक्षमा र कृष्णगोपाल श्रेष्ठको सचिवमा उम्मेदवारी दर्ता

काठमाडौँ २९ मंसिर । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको टीममा पर्नका लागि लबिङ गरिरहेपनि त्यहाँ नअटाएपछि उनले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

उनलाई अब ईश्वर पोखरेल प्यानलमा समेटिने बताइएको छ । त्यसैगरी ओलीको प्रखर प्रवक्ता रहेका कृष्ण गोपाल श्रेष्ठ समेत ओलीको टिममा नपरेपछि सचिवमा उमेद्वारी दर्ता गराएका छन् । श्रेष्ठ पनि पोखरेल प्यानलमा समेटिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति