एमाले महाधिवेशनः आज दिनभर उमेद्वारकै बारेमा रस्साकसी साँझसम्म अन्तिम टुंगो

काठमाडौं २९ मंसिर । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत सोमबारको बन्द सत्र सम्पूर्ण रुपले नामावली परीक्षण र उमेद्वारी दर्ता र फिर्ताको प्रक्रियागत विषयमा केन्द्रित हुनेछ ।

शनिबारदेखि सुरू भएको महाधिवेशनमा आइतबारदेखि सुरू भएको बन्द सत्र सोमबार पनि जारी रहनेछ।

आइतबार पार्टीको निर्वाचन आयोगले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ।

जसअनुसार आज उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

बिहान ९ बजेदेखि १२ बजेसम्म उम्मेदवारको दराखास्त फाराम वितरण गर्ने र बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम छ।

प्रकाशित कार्यतालिका अनुसार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामवली प्रकाशन हुनेछ। सो नामावलीमा दाबी विरोध गर्न दिउँसो ३ बजेसम्मको समय राखिएको छ।

उजुरी उपर छानबिन र निर्णय दिउँसो ३स्१० बजेसम्म हुनेछ। उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहे दिउँसो ३स्१० बजेदेखि ५ बजेसम्मको समय दिइएको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन बेलुका ६ बजेसम्म गर्ने कार्यतालिका रहेको छ।

महाधिवेशन अन्तर्गत मतदान पुस १ गते हुनेछ।

एमालेको ११ औं महाधिवेशन मंसिर २९ सम्म हुने तय भएको थियो।

यद्यपि बन्द सत्र लम्बिँदा महाधिवेशन पनि लम्बिने भएको हो।

जारी महाधिवेशनमा नेतृत्वका लागि केपी ओली र ईश्वर पोखरेलले समूह बनाएर प्रतिस्पर्धा गर्नेछन्।

दुवै पक्ष पदाधिकारीमा उम्मेदवारको टुंगो लगाउन छलफलमै छन्। केही उम्मेदवारहरू टुंगो लागिसके पनि केही पदमा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति