काठमाडौं २८ मंसिर । नेकपा एमालेको एघारौं महाधिवेशन बन्द सत्र अघि वसेको केन्द्रीय कमिटि बैठकले विधान संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेका अनुसार प्रस्तावित संरचना यस्तो हुनेछ ।

अध्यक्ष –१
उपाध्यक्ष –५
महासचिव –१
उपमहासचिव –३
सचिव –९
स्थायी कमिटी (पोलिटब्युरोको एक तिहाई)
पोलिटब्युरो –९९
केन्द्रीय कमिटी –३०१
(पदाधिकारी सहित)
गत भदौमा भएको विधान अधिवेशनले उपाध्यक्ष ३, सचिव ७ र केन्द्रीय कमिटि २५१ बनाउने निर्णय गरेको थियो । तर इतर पक्षले भने यसको चौचित्यमाथि प्रश्न उठाएको छ ।
बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेश गर्दा बहुमत सदस्यले ताली बजाएर समर्थन गरेपछि पारित भएको घोषणा गरिएको छ । सो निर्णयप्रति वरिष्ठ उपाध्यक्ष पोखरेलले विमति जनाउँदै बैठकमा सम्बोधन गरेका छन् । सुरेन्द्र पाण्डेले पनि संशोधन गर्ने नै भए २ कार्यकाल र ७० वर्षे उमेर हद हटाउनु नपर्ने बताएका थिए ।
प्रतिक्रिया