अष्टलक्ष्मी र युवराज ज्ञवाली चुनाव नलड्ने : ‘आफूविना पार्टी चल्दैन भन्ने’ भ्रम सबैले त्याग्न आह्वान

काठमाडौं २८ मंसिर,। नेकपा एमालेमा उपाध्यक्षद्धय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन् र

भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष अष्टलक्षमी शाक्यले भनिन्, ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’

उनले अगाडि भनिन्, ‘विधि र विधान सम्मत चलौँ, नेताले फराकिलो मन बनानुस्, पार्टीलीई नीति प्रदान बनाऔँ, मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु , ७० पुगेपछि मैले काम गर्दिन भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नु भएको थियो ।’

आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने उनको भनाइ थियो । आम जनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संसोधन तिर लाग्न नहुने उनको भनाइ छ ।


अर्का उपाध्यक्ष युवराज ज्ञवालीले भने आफू आम चुनाव नलड्ने तर पार्टीमा भने सक्रिय रहने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति