लुम्बिनीले जित्यो एनपीएल उपाधि, सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता

काठमाडौं, २७ मंसिर ।सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटको उपाधि जितेको छ ।कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर भेटायो । लुम्बिनीका दिनेश अधिकारीले ४२ रन बनाए । सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभर १ बलमा ८५ रन बनाउँदा सबै विकेट गुमायो । सुदूरपश्चिका ईशान पाण्डेले सबैभन्दा धेरै ५१ बलमा ३३ रन बनाए । लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक विकेट तथा शेर मल्ल र रुबेन ट्रम्पेलमानले ३र३ विकेट लिए ।पहिलो संस्करणमा तालिकाको पुछारमा रहेर लिग चरणबाटै बाहिरिएको लुम्बिनीले यस पटक उपाधि जित्यो । सुदूरपश्चिम भने लगातार दोस्रो पटक उपविजेता बन्यो । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।लुम्बिनीले एनपीएलको उपाधिसँगै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ, तेस्रो भएको विराटनगर किङ्ग्सले २५ लाख र चौथो भएको काठमान्डु गोर्खाजले १५ लाख रुपैयाँ प्राप्त गरेको छ ।नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति