काठमाडौं २७ मंसिर । नेकपा (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले नेकपा एमालेले राष्ट्रिय स्वाधिनताको पक्षमा अडान लिएका कारण चौतर्फी हमला भएको बताएका छन् ।
एमालेको ११ औं महाधिशेनलाई शुभकामना दिंदै चन्दले वर्तमान सुशीला कार्की सरकारलाई मान्यता नदिने बताउँदै सर्वदलीय तथा सर्वपक्षीय सरकार बन्नु पर्ने धारणा अघि सारेका छन् ।
चन्दले राष्ट्रिय स्वाधिनता गम्भीर संकटमा परेका भन्दै त्यसका लागि सवै पक्ष एक हुनुपर्ने आह्वान गरेका छन् ।
एमलेले राष्ट्रिय स्वाधिनताको पक्षमा अडान लिएकाले चौतर्फी हमलाः विप्लव
प्रतिक्रिया