संविधान पुनस्र्थापना अदालतको क्षेत्र, कांग्रेस निर्वाचनको पक्षमाः पूर्णबहादुर खड्का

काठमाडौं २७ मंसिर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संसद पुनस्र्थापना अदालतको विषय भएकाले मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन भएको बताएका छन्।

भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै खड्काले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको उल्लेख गरे। कांग्रेसले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिसकेको स्मरण गराउँदै खड्काले भने, ‘मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन हो।’

यसका लागि सरकारले वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। ‘सरकारका निर्णय, गतिविधिहरू निर्वाचन बनाउने, भयरहित बनाउने कदमतर्फ अगाडि बढेका छन्रु,’ खड्काले प्रश्न गर्दै भने, ‘यसतर्फ हामी गम्भीर छौं, सरकार यसमा गम्भीर हुनुपर्छ।’

जेनजी आन्दोलनको जाँचबुझ गर्न गठिन आयोगका निर्णयले पनि निर्वाचनको वातावरण बन्न नसकेको उनको थियो। ‘नेताहरूका स्थानहदका निर्णयहरू लगायतका कार्यले प्रश्न उठाएका छन्। आयोग सतर्क हुन जरुरी छ,’ उनले भने।

जेनजी आन्दोनलमा क्रममा भएका घटना अकल्पनीय भएको उनको भनाइ थियो। त्यसका पछाडि रहेका अनुहार खुल्दै गएको र भविष्यमा खुल्दै जाने उनले बताए।

अहिलेको अवस्थामा सबै राजनीतिक दल एकजुट भएर लोकतन्त्रलाई जोगाउनुपर्ने उनको भनाइ थियो। विगतमा पनि लोकतन्त्रका लागि सबै राजनीतिक दल एकताबद्ध भएको उनले स्मरण गराए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति