एमाले महाधिवेशनः बागमतीका १० जिल्लाबाट को–को आकांक्षी छन् केन्द्रीय पदमा ?

हेटौँडा, २४ मंसिर । नेकपा एमालेको आसन्न ११औँ महाधिवेशन (मंसिर २७ देखि) नजिकिँदै गर्दा बागमती प्रदेशका १० पहाडी जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुग्ने होडबाजी चलेको छ। काठमाडौँ उपत्यका बाहेकका यी जिल्लाबाट मात्रै सयभन्दा बढी नेताले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म दाबी गरेका छन्।
विशेषगरी सचिव पदमा सबैभन्दा ठूलो भीड देखिएको छ भने उपमहासचिवदेखि उपाध्यक्षसम्मका लागि पनि हेभीवेटहरू लाइनमा छन्।

जिल्ला–जिल्लाबाट मुख्य आकांक्षीहरू
काभ्रे

गोकुल बास्कोटोटा (पोलिटब्युरो सदस्य( – सचिव पदमा दाबी, ओली क्याम्पबाट बाहिरिए पनि बलियो लबिङ सहित पोखरेल कित्ताबाट प्रतिस्पर्धा गर्दैछन् ।

सिन्धुपाल्चोक

अरुण नेपाल – सचिव पदमा दाबेदार, ‘१० भाइ टोली’ र अष्टलक्ष्मी शाक्य– बरिष्ठ उपाध्यक्षकी आकांक्षी
शेरबहादुर तामाङ (स्थायी कमिटी सदस्य) – उपमहासचिव वा माथिको पदका आकांक्षी ओली पक्षबाट

दोलखा

आनन्दप्रसाद पोखरेल (पोलिटब्युरो सदस्य) – सचिव पद –
पार्वत गुरुङ (पूर्वमन्त्री) – सचिव पदमै बलियो दाबेदार
(दुवै अध्यक्ष ओलीका अति विश्वासपात्र, जिल्लामा पुरानो शक्ति–संघर्ष महाधिवेशनमा पनि देखिने सम्भावना) ।
रचना खड्का (पूर्व प्रदेशमन्त्री) – सचिव पद, ‘१० भाइ टोली’ पक्षकी पोखरेल पक्षबाट प्रतिस्पर्धी
ईश्वरी रिजाल – सचिव पदमै इच्छुक ओलीपक्षबाट

रामेछाप

माधव ढुंगेल (हाल संगठन विभाग सचिव) – सचिव पदमा दाबी ओली पक्षबाट

चितवन

काशीनाथ अधिकारी (हाल केन्द्रीय संगठन विभाग प्रमुख) – सचिव पदमा ओली पक्षबाट ।
सुरेन्द्र पाण्डे – मुख्य पदाधिकारी (ईश्वर पोखरेल समूहबाट)

मकवानपुर

महेश बर्तौला (प्रमुख सचेतक) – पदाधिकारीमा दाबी, विद्यार्थी राजनीतिबाट उदाएका, ओली पक्षबाट

यसबाहेक सिन्धुली, नुवाकोट, धादिङ, रसुवालगायत जिल्लाबाट पनि दर्जनौं नेताले केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म लबिङ गरिरहेका छन्।

रोचक पक्ष

पुरानो पुस्ता फेरिनुपर्ने वा नपर्ने बहस चलिरहेका बेला युवा नेताहरूले पनि खुलेआम दाबी गरेका छन्।
सचिव पदमा मात्रै ८–१० जना हेभीवेटको भीड देखिएको छ, जसले निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाउने निश्चित छ।
दोलखाको आन्तरिक द्वन्द्व र सिन्धुपाल्चोकको फरक–फरक क्याम्पका कारण बागमतीबाटै महाधिवेशनको सबैभन्दा ठूलो ड्रामा हुने अनुमान गरिएको छ।

महाधिवेशन नजिकिँदै गर्दा यी सबै आकांक्षीहरू काठमाडौँ–चितवन दौडधुप र अन्तिम लबिङमा व्यस्त छन्। को ‘प्रमोट’ हुन्छ र को पछि पर्छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति