सुनको मूल्य आज पनि घट्यो,चाँदी तोलाको ३ हजार ६०० पुग्यो

काठमाडौं, २३ मंसिर । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। अघिल्लो दिन सोमबार ७०० रुपैयाँले बढेको सुन आज १ हजार रुपैयाँले घटेको हो। नेपाल सुन– चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ हजार रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ५१ हजार ९०० कायम भएको छ।

सोमबार सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य घटे पनि चाँदी भने महंगिएको छ। आज १५ रुपैयाँले बढेर चाँदी प्रतितोलाको ३ हजार ६०० पुगेको छ। सोमबार एक तोला चाँदी ३ हजार ५ ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति