मतदाता नामावलीको त्रुटि सच्याउन शुक्रवारसम्म निवेदन दिन सकिने

काठमाडौं, २२ मंसिर । निर्वाचन आयोगले मतदाता नामावलीमा त्रुटि भए सच्याउन आउँदो शुक्रवार मङ्सिर २६ गतेसम्म निवेदन दिन आग्रह गरेको छ ।आयोगले आज विज्ञप्ति निकालेर त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन दिन आग्रह गरेको हो । यस्तै आयोगले यदि कसैले झुटा विवरण दिइ नामावलीमा नाम दर्ता गराएको भएमा २६ गतेसम्म नै सूचना एवम् उजुरी दिन अपिलसमेत गरेको छ । परिवार वा आफन्त कसैको निधन भएको भएमा मतदाता नामावलीबाट नाम हटाउन पनि २६ गतेसम्म नै निवेदन दिन सकिनेछ ।आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि पनि अनलाइन वा प्रदेशरजिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन भनेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति