एमालेको नेतृत्व प्रतिस्पर्धाबाट छनोट हुनुपर्छ– उपाध्यक्ष पाण्डे

काठमाडौं, २२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिस्पर्धाबाट पार्टी नेतृत्व छनोट हुनुपर्ने बताएका छन्।सोमबार बागबजारस्थित एक होटलमा भएको अन्तरसम्वादमा उनले पार्टीलाई बलियो बनाउने आधार नै प्रतिस्पर्धा रहेको भन्दै पार्टी नेतृत्व प्रतिस्पर्धाबाट हुनुपर्ने बताएका हुन्।११ औँ महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका पार्टीका वरीष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहका नेताहरू सहभागी अन्तर सम्वादमा केपी ओलीले आन्तरिक लोकतन्त्र धरासायी बनाएको आरोप लगाएका थिए।‘प्रतिस्पर्धाबाट पार्टी नेतृत्व छनौट हुनुपर्छ।

तर पछिल्लो समय यो प्रकृयामा गम्भीर विचलन परेको छ’, उनले भने।पाण्डेले ओलीकै अगुवामा पार्टीको लोकतान्त्रीकरण गरिएको भए पनि अहिले त्यो प्रकृया ‘मास्ने’ काम भइरहेको बताए।साथै, उपाध्यक्ष पाण्डेले पार्टी व्यक्तिवादीमा रूपान्तरण भएको बताएका थिए। ‘एमाले व्यक्तिवादी पार्टीमा रूपान्तर गर्ने कुरा हुँदैछ, यसले पार्टीलाई क्षति गर्दैछ। यसलाई बदल्नुपर्छ। नबदलिए नयाँ पुस्ता पार्टीमा आउँदैन,’ उनले भने।उनले कानुनमा नै पार्टीमा दुई कार्यकालभन्दा बढी अध्यक्ष नहुने व्यवस्था गर्नुपर्ने बताएका छन्।एमाले मात्र नभएर अन्य पार्टीमा पनि र नयाँ भनिने पार्टीमा पनि लोकतान्त्रिक प्रकृया नरहेको भन्द‌ उनले संविधानमा पार्टी नेतृत्वको समयावधि व्यवस्था गरिनुपर्ने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति