प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता हुँदै

काठमाडौँ, २२ मंसिर । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच सोमबार (मंसिर २२) भेटवार्ता हुँदै छ । सोमबार दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेको हो ।प्रसाईंले राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य कायम हुनुपर्ने लगायतका विभिन्न मागहरू सरकारसँग राखेका छन् । उक्त माग पूरा नभए आन्दोलन गर्ने चेतावनी प्रसाईंले दिएका छन् ।यसअघि प्रधानमन्त्री कार्कीले प्रसाईंलाई पत्र पठाएर वार्ताका लागि बोलाएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति