आज देशभरको मौसम आंशिक बदली, पानी नपर्ने

काठमाडौं, २१ मंसिर । आज देशभरको मौसम आंशिक बदली छ । आकाश केही धुम्मिएको छ । हिजो बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव छ । जसले गर्दा काठमाण्डौ उपत्यकासहित सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम आंशिक बदली भए पनि दिउँसो कतै पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् सञ्जिव अधिकारीले बताउनुभयो । बेलुकापछि मौसम केही फेरबदल हुन सक्ने सम्भावना छ । आज राति गण्डकीको हिमाली भागको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली हुन सक्ने अनुमान छ । आज बिहान काठमाण्डौ उपत्यकाकाको न्यूनतम तापक्रम ६।५ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति