मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिन्छ – संयोजक प्रचण्ड

काठमाडौं, २० मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ʻप्रचण्डʼले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिने दाबी गरेका छन्।
शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिस्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा कथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको भन्दै मधेशबाट सुरु भएको नयाँ समीकरण अव सबै प्रदेशमा पनि अघि बढ्ने दाबी गरेका हुन्। संयोजक प्रचण्डले मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलन भएको र त्यसले सबैलाई आत्मसमीक्षा गर्दै सुध्रने अवसर दिएको बताए। जनेजी आन्दोलनपछि समीक्षा गर्दै नयाँ ढंगले रूपान्तरणका साथ मुलुकको विकासमा लाग्न बृहत् एकता गरिएको उनको भनाइ छ। संयोजक प्रचण्डले सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउनु सकिने भन्दै त्यसको नेतृत्व नेकपाले गर्ने धारणा राखे। एमालेभित्र रहेका वामपन्थी र क्रान्तिकारीका साथै अन्य कम्युनिस्ट पार्टीहरूलाई पनि नेकपामा एकताबद्ध गर्दै लैजाने उनले बताए।

त्यस्तै संयोजक प्रचण्डले मधेश प्रदेशका महत्त्वपूर्ण विकास आयोजनाहरू कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले सुरु गरेकाले त्यसलाई निष्कर्षमा पुराउने काम पनि कम्युनिस्ट सरकारले नै गर्ने जिकिर गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति