काठमाडौं, २० मंसिर । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् ।सरकारले हटौंडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजुली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोसित भएका उनले सामाजिक सञ्जालबाटै राजीनामा दिएकी हुन् ।उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘ आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। उनले उक्त पार्टीमा बसिरहन नैतिकताले नदिएको भन्दै हेटौंडा पीडितको साथमा रहनेसमेत बताएकी छिन् । ‘अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन। म हेटौंडा पीडितको साथमा छु।‘ उनले लेखेकी छिन् । यस्तै उनले अर्को स्टाटसमा आफूभित्र नैतिकता भएकैले राजीनामा दिएको भन्दै बुझ्न आग्रह गरेकी छिन् । उनले भनेकी छिन् ‘नैतिकता छ म मा। त्यसैले रानीनामा हो। बुझ्न अनुरोध गरें। हस्। मरेका मान्छेहरू बोल्दैनन्। म जिउँदो छु।बस्।‘
उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट श्रेष्ठले दिइन् राजीनामा
प्रतिक्रिया