गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा आज हल्का वर्षा/हिमपातको सम्भावना

काठमाडौं, २० मंसिर । आज गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राति गण्डकी प्रदेशको हिमाली भागको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागमा मौसम आंशिक बदली छ । देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।यसैबीच आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बिहान पौने ६ बजे हिजोको तुलनामा काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम घटेर ६ दशमलव २ डिग्री सेल्सियसमा झरेको हो । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ८ देखी ९ डिग्री सेल्सियसबिचमा रहेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति