काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको विषयलाई लिएर टिप्पणी गरेकी छन् ।
शुक्रबार बालुवाटारमा सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा आगजनी गरिएको विषयमा टिप्पणी गरेकी हुन् ।उनले भनिन्,आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता भएको छ ।
यस्तो हिंस्रक घटना फेरि नहोस्, कसैले रुन नपरोस्, यस्तो हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्छ ।उनले चुनाव हुन्छ कि हुँदैन भन्ने अब सोच्न नहुने बरु कसरी चुनाव सफल पार्ने भनेर सोच्नुपर्ने बताइन् ।
प्रतिक्रिया