जेनजी विद्रोहबाट अपदस्थ सत्ताका सारथीहरुको दुखेसो साटासाट

काठमाडौं १९ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भट्न पत्नसहित देउवा निवास पुगेका छन् ।

देउवा निवास महाराजगन्जमा भएको भेटमा जेनजी विद्रोहबाट भागेका ओली र कुटाइसमेत खाएका देउवा दम्पत्तिबीच भलाकुसारी भएको स्रोतले जानकारी दियो ।
दुई नेता दम्पत्तिबीचको भेटमा जेनजी विद्रोहबाट उत्पन्न अवस्था र त्यो अवस्था कसरी आयो भन्ने अनुभव आदानप्रदान भएको देउवा निवास स्रोतले जानकारी दिएको छ । सत्ताबाट अपदस्थ हुन अघि अन्तिम पटक भदौ २३ गते राती बालुवाटारमा भेट भएको थियो ।
यी दुवै नेता जेनजी विद्रोहका प्रमुख निशानमा थिए भने उनीहरुले आआफ्ना पार्टीभित्र समेत गम्भीर आलोचना खेपिरहेका छन् । दुवै दलका प्रमुखहरुले महाधिवशेनको चुनौति सामाना गर्नु पर्नेअवस्था आइलागेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति