मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

काठमाडौं, १७ मंसिर। मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा घोषणा गरेका छन् ।बुधबार बसेको प्रदेशसभा बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।विश्वासको मत लिनका लागि आज बिहान साढे ८ बजे नै प्रदेश सभा बैठक बोलाइएको थियो । यद्यपि मुख्यमन्त्री यादव आफैं उपस्थित नभएपछि बैठक स्थगित गरिएको थियो ।दिउँसो बसेको प्रदेशसभा बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।
मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले सोमबार साँझ परमादेश जारी गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति