काठमाडौं, १५ मंसिर । नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यही प्रभावको कारण आकाशमा बादल देखिएको मौसमविदको भनाइ छ । दित्वा चक्रवातको प्रभाव रहे पनि वर्षाको सम्भावना भने कम रहेको मौसमविदले बताएका छन् ।आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।यस्तै आज राति कोशी र मधेश प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।
नेपालको मौसमी प्रणालीमा ‘दित्वा’ चक्रवातको आंशिक प्रभाव, वर्षाको सम्भावना कम
प्रतिक्रिया