एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक हुने

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लोगो आज सार्वजनिक हुने भएको छ। ललितपुरस्थित पार्टी हेडक्वाटरबाट आज दिउँसो अध्यक्ष केपी शर्मा ओलीले लोगो अनावरण गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। मंसिर २७ गतेदेखि २९ गतेमा काठमाडौं उपत्यकामा हुने पार्टीको महाधिवेशनका लागि एमालेले शनिबार प्रतिनिधिहरू छनोट गरेको छ। अधिकांश स्थानमा सर्वसम्मत र केही क्षेत्रमा भने निर्वाचनमार्फत प्रतिनिधि छनोट भएका हुन्। एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन्। एमालेले पार्टी सदस्यको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ। महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। भुगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ। एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहितका प्रतिनिधि रहनेछन्। त्यसैगरी विशेष जिल्ला, प्रदेश र जनसंगठनबाट पनि प्रतिनिधि कायम हुन्छन्। एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट १ जना युवा अनिवार्य गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति