एमाले धनकुटाको प्रतिनिधि चयनमा विवादः मतपत्र च्यातियो

विराटनगर १३ मंसिर । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा एकलौटी गरिएको भन्दै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिस्कार गरेको छ।

बहिस्कार गर्नु अघि केहि निर्वाचन बुथमा असन्तुष्ट समूहले तोडफोड समेत गरेका छन् । एमालेको महाधिवेशनमा प्रतिनिधि छनौट सर्व सम्मत नभएका ठाँउमा आज निर्वाचन हुँदै छ ।

धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्ष गरेर २ वटा समूह रहेको छ । इन्द्रमणी समूहले मतदातालाई थाहा नै नदिइ एकलौटी हिसावले निर्वाचन गराएको आरोप लगाएको छ ।

पराजुलीले राई पक्षले आफूहरुलाई थाहा नदिई एकलौटी आफू निकटका निर्वाचन अधिकृत तोकेको आरोप लगाए ।

उनले भने,‘पार्टी कार्यालय निर्वाचन केन्द्रमा फर्जी मत हालेको भेटिएपछि विरोध स्वरुप मत पेटिका फालिएको छ । हामीले तालाबन्दी समेत गरेका छौँ ।’

धनकुटामा लामो समयदेखि राजेन्द्र राई पक्षधरको वर्चस्व रहदै आएको छ। धनकुटामा हिजो साँझ ९र४ को सहमति भएको पराजुलीले बताए । उनका अनुसार ९ जना राई पक्ष बाट र ४ जना इतर समूहबाट प्रतिनिधि पठाउने सहमति भएको थियो ।

सहमति अनुसार ४ जना बाहेकले मनोनयन फिर्ता लिएपछि आज बिहानबाट निर्वाचन प्रक्रिया शुरु भएको पराजुलीले दावी गरे । राजेन्द्र राईले भने सर्वसम्मत प्रतिनिधि छनौट हुन नसकेपछि निर्वाचन प्रक्रिया शुरु भएको बताए । उनले पराजय हुने निश्चित भएपछि अराजकता मच्चाएको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति