विराटनगरमा एमाले प्रतिनिधि छनोटमा ओली–विद्यापक्षबीच हातपात

विराटनगर १३ मंसिर,। नेकपा एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा विराटनगरमा एमाले नेता पर्शुराम बस्नेतमाथि हातपात भएको छ ।

शनिबार एमाले पार्टी कार्यालय पाञ्चालीमा मतदानस्थल बाहिर संस्थापन पक्षका नेता बस्नेतमाथि इतर समूहका कार्यकर्ताले हातपात गरेका हुन् ।

विवाद भएपछि केही समय रोकिएको मतदान पुन सुरु भएको छ ।

एमाले स्रोतका अनुसार वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद भएको थियो ।

सोही क्रममा संस्थापन पक्षले पटक पटक एकै व्यक्ति किन जाने भन्दै विवाद भएको थियो ।

विवादका क्रममा विनोद ढकाल समूहका कार्यकर्ताले संस्थापन पक्षका नेता बस्नेतमाथि हातपात गरेको प्रहरीले बताएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति