रूपन्देही, १३ मंसिर। नेपाली कम्युनिष्ट पार्टीले आज लुम्बिनी प्रदेशअन्तर्गत दाङको देउखुरीस्थित लमहीमा एकता सन्देश सभा गर्दैछ ।
नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय गरे बमोजिम आज यहाँ कार्यक्रम गर्न लागिएको हो । शुक्रबार धनगढीमा एकता सन्देश सभा गरेको थियो ।आजको सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल,भीम रावल, वर्षमान पुनलगायतका नेताहरूले सम्बोधन गर्ने छन् ।लमही बजारभित्र बगैँचामा हुने कार्यक्रमको तयारी तीव्र बनाइएको आयोजकले बताएको छ । प्रदेशका विभिन्न जिल्लाबाट नेता(कार्यकर्ता आउने क्रम जारी छ ।नेकपा माओवादी केन्द्र, नेकपा एससहित दर्जन घटक मिलेर बनेको नेकपा ले सांगठानिक गतिविधिलाई देशव्यापी रूपमा अभियानमा लगेको छ ।
नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा आज दाङमा
प्रतिक्रिया