विपक्षीको बहस नसकिएको मुख्यमन्त्रीको रिटमा आज पनि सुनुवाइ

काठमाडौं, १२ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको परेको रिटमा बिहीबारदेखि शुरु भएको बहस आज पनि जारी रहने भएको छ ।
बिहीबार विपक्षीको बयान नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आज पनि सुनुवाइ हुन लागेको हो ।न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ ।कात्तिक २३ गते मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेशको कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध अदालतमा रिट दर्ता गराएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति