काठमाडौं, १० मंसिर । हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ । थुप्रै भवनहरूमा एकसाथ आगो लागेको र धुवाँको मुस्लो उठेको तस्बिरहरूमा देखिएको छ ।समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको जनाएको छ । कम्लेक्सका ८ ब्लकमा कुल २ हजार फ्ल्याट रहेको समाचारमा जनाइएको छ ।हङकङ सरकारका अनुसार स्थानीय समयअनुसार २ बजेर ५१ मिनेट जाँदा आगलागी सुरु भएको थियो । त्यसलगत्तै अग्निनियन्त्रकहरू खटिएका थिए ।बीबीसीका अनुसार आगलागीका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । त्यस्तै २८ जना घाइते भएका छन् । मृत्यु भएकामध्ये एक जना अग्निनियन्त्रक पनि छन् ।आगलागी नियन्त्रणमा लिगनका लागि साढे ७ सयभन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन् । केही व्यक्तिहरू अझै आगलागीमा फसेका अनुमान गरिएको छ ।
हङकङको आवासीय भवनहरूमा भीषण आगलागी, १३ जनाको मृत्यु
प्रतिक्रिया