काठमाडौं १० मंसिर, । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरका नेता गुरु घिमिरेले संसारका कीर्तिमान भंग हुनेगरी पार्टी केन्द्रीय कार्यसमिति बैठक लम्बिएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा बुधबार आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । चिनियाँ कम्युनिस्ट पार्टीले सबैभन्दा लामो बैठक जम्मा २३ दिन बैठक बसेको उल्लेख गर्दै आफ्नो पार्टीको बैठक भने डेढ महिनासम्म चल्दा पनि निष्कर्ष निस्कन नसकेको बताए ।
‘संसारमा सबैभन्दा लामो बैठक चिनियाँ कम्युनिस्ट पार्टीको बसेको रहेछ । जम्मा २३ दिन । हाम्रो डेढ महिना पुग्दैछ,’ घिमिरेले भने, ‘संसारका कीर्तिमान हामीले भंग गरेर केन्द्रीय कार्यसमितिको बैठक बसिसक्दा पनि असोज २८ गते सुरु भएको बैठक, आज महिनाको हिसाबले त ९असोज, कात्तिक, मंसिर० महिना गणना गर्दा त तीन महिना र दिन हिसाब गर्दा डेढ महिना बस्दा पनि हामी निष्कर्षमा पुग्न सकेका छैनौं ।’
बल्लतल्ल अहिलेसम्म निर्वाचन आयोगमा पार्टी दर्ता गराउन मात्रै सफल भएको उनको भनाइ छ । ‘बल्लतल्ल हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गरायौं । त्यसपछि निर्वाचनमा भाग लिने भयौं,’ घिमिरेले भने ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि (बिहीबार) बस्ने भनिएको छ । तर, भोलिको बैठक पनि सर्ने हल्ला भएको उल्लेख गर्दै पार्टीमा बैठक बस्ने भन्दा सर्ने हल्ला नै सावित हुँदै आएको बताए ।
‘भोलि बैठक बस्ने भनिएको छ । सर्ने हल्ला पनि छ । सर्ने हल्ला नै सत्य हुन्छ । गर्ने हल्ला भन्दा सर्ने हल्ला नै सत्य हुन्छ । आजसम्म गर्ने हल्ला सत्य भएको छैन,’ घिमिरेले भने ।
विशेष महाधिवेशन गरेर कांग्रेस सभापति गगन थापालाई बनाउन माग
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेलाका वक्ताहरूले महामन्त्री गगनकुमार थापालाई अबको नेतृत्वमा पुराउनुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभा गृहमा जारी विशेष सभामा बोल्दै गोरखाबाट महाधिवेशन प्रतिनिधि गोविन्द गुरूङले नियमित महाधिवेशन संभव नभएको भन्दै विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखे। उनले आम गोरखाको तर्फबाट माग रहेको भन्दै भने, ‘आम युवाले गगन थापाको विकल्प छैन भनेका छन्। अबको विकल्प गगन थापा हो।’
यस्तै विशेष सभामा बोल्दै अछामबाट आएका नेता पुष्प शर्माले पनि सभापति पार्टी व्याक गेयरमा नचल्ने भन्दै ड्राइभर पनि नयाँ चाहिने धारणा राखे।

‘ब्याक गेयर हैन, गाडी नयाँ चालक नयाँ चाहिन्छ। यीनै पुराना अनुहार लिएर कांग्रेस चुनावमा जानु छैन,’ उनले भने, ‘टिकट कस्ले किन्छ, कस्ले खरिद गर्छ कतिमा गर्छ हामी हेर्छौँ।’ उनले सम्माननीय नेता नबनेर टिकट वितण गर्नेलाई आफूहरू नेता मान्न तयार नभएको पनि बताए।
‘समयले मागेको र अहिलेको पुस्ताले मागेको नेता गगन थापा आए नयाँ सुदृण कांग्रेस बन्छ। शतप्रतिशत कांग्रेसको विशेष महाधिवेशन हुन्छ,’ उनले भने।
रोल्पाबाट प्रतिनिधित्व गर्दै बोलेका अनुपम जिशीले पनि थापा पार्टी सभापति र प्रधानमन्त्री बनेको हेर्न आम जेनजी लालायित भएको दाबी गरे।
‘गगन थापालाई यो देशको सभापति र प्रधानमन्त्री बनेको हेर्न चाहान्छु,’ उनले भने।
यता, काठमाडौँका नेता सुशील भट्टले भने,’नीतिगत रूपमा पार्टीलाई बलियो बनाउन पनि विशेष महाधिवेशनको विकल्प छैन। नेता विशेष हैन, नीति विशेष हुनुपर्छ।’
जेन–जीका माग सम्बोधन गर्ने ठूलो पार्टीले हो । ०७९ को आम निर्वाचनको सबैभन्दा ठूलो पार्टी आफैँ सुध्रिन सक्दैन भने उसले नेतृत्व गर्न पनि सक्दैन र अहिलेसम्म हासिल गरेको उपलब्धि खेर जान पनि सक्छ ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
प्रतिक्रिया