संसद पुनर्स्थापनाका लागि एमालेका सचेतकद्धारा सर्वोच्चमा रिट दायर

काठमाडौं ९ मंसिर । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

आज असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको रिट दायर गरेको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

केही दिनअघिको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन कदम संविधान र लोकतन्त्रविपरीत ठहराएको थियो । उक्त कदम सच्याउन प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरिएको थियो ।

ओलीले पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने जिम्मा महेश बर्तौला र सुनिता बराललाई दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति