भृकुटीमण्डपमा प्रदर्शनसहित एमालेको सभा सुरु हुँदै

काठमाडौं,  मंसिर ६। नेकपा एमालेले आज भृकुटीमण्डपमा वृहत जनसभा आयोजना गरेको छ ।‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी १’ भन्ने नाराका साथ जनसभाको आयोजना गरिएको हो ।जनसभाको आयोजना बागमती प्रदेश कमिटीले गरेको हो । प्रदर्शनसहित जनसभा हुने एमालेले जनाएको छ ।

जनसभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभाअघि जुलुससहित एमाले नेता-कार्यकर्ता भृकुटीमण्डप पुग्नेछन् ।एमालेको जनसभालाई मध्ये नजर गर्दै काठमाडौंमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइएको छ ।एमालेले शुक्रबार मात्रै भोलेन्टिएर फोर्स घोषणा गरेको थियो । जसको संयोजक पुष्पराज श्रेष्ठलाई तोकिएको छ ।प्रदर्शनको तयारी पूरा भएको एमाले बागमती प्रदेश कमिटीले जनाएको छ । जुलुससहित भृकुटीमण्डप पुगेपछि केही समयपछि सभा सुरु हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति