शिक्षामन्त्री महावीर पुनले गरे मिस पबी ४फेसबुक पेजविरुद्ध रिपोर्ट

काठमाडौं, ६ मंसिर । आफूविरुद्ध गलत हल्ला फैलाएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले (मिस पबी ४) (Miss Pabi 4) फेसबुक पेजविरुद्ध फेसबुक सञ्चालक मेटा कम्पनीमा रिपोर्ट गरेका छन्।

आफू कुनै राजनीतिक दलमा नलाग्ने बताउँदै मन्त्री पुनले(Miss Pabi 4) नामको फेसबुक पेजले भ्रम फैलाएको गुनासो गरेका छन्।

सावधान ः(Miss Pabi 4) भन्ने फेसबुक पेजलाई मैले रिपोर्ट गरेँ र अरू साथीहरू पनि सावधान हुनुहोस् स्क्रिनसटसहित पुनले सामाजिक सञ्जालमा लेखेका छन्, यसरी जनता झुक्याउने फेसबुकेलाई रिपोर्ट गर्नु नै पर्छस किनभने यस्ताले झुटो कुरा फैलाउँछन् र सबैलाई भाँड्ने काम गर्छन्। म कुनै पार्टीमा लाग्ने मान्छे होइन, तर –Miss Pabi 4 ले भ्रम फैलाउँदै छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति