एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै


काठमाडौँ, मंसिर ५ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स भिड्दै छन्।त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे दुई टोलीबिच खेल हुनेछ। खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ।जारी प्रतियोगितामा दुवै टोलीको दोस्रो खेल हो।पहिलो खेलमा पोखरा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो।सुदूरपश्चिमले भने पहिलो खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको थियो। रोयल्स पहिलो सिजनको एनपिएलको उपविजेता हो।सुदूरपश्चिमको कप्तान दीपेन्द्रसिंह ऐरी छन्। यस टोलीमा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।पोखराको कप्तानी राष्ट्रिय टिमका ओपनर कुशल भूर्तेलले गरेका छन्। टिममा खेलाडीहरूमा कुशल भुर्तेल ९कप्तान०, आकाश चन्द, सन्दीप क्षेत्री, त्रित राज दास, डान डाउथवेट, सागर ढकाल, दिनेश खरेल, विपिन खत्री, अर्जुन कुमाल, जेम्स नीशम, कृष्ण पौडेल, रेमन राइफर, एडम रोसिङ्टन ९विकेटकिपर०, जेसन रोय, किरण ठगुन्ना र अभिषेक तिवारी छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति