मुख्यसचिव अर्यालसँग जाँचबुझ आयोगले लियो बयान

काठमाडौं, ५ मंसिर । जेनजी आन्दोलनको घटना जाँचबुझ गर्न गठित आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग हिजो बयान लिएको छ।आयोगको कार्यालयमा बोलाएर आज अर्यालसँग बयान लिइएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। भदौँ २३ र २४ को आन्दोलनका विषयमा केन्द्रित भएर बयान लिइएको हो।अर्याल यही साता आवकाश हुन लागेकाले पदमा रहँदै बयान लिइएको आयोगले जनाएको छ। अवकाशपछि बयान लिँदा सकारात्मक सन्देश नजाने भएकाले अहिले नै लिइएको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति