घुसपैठ हुने खतराबारे सचेत रहन एमालेको निर्देशन

काठमाडौं ४ मंसिर । नेकपा एमालेले आफ्नो पार्टीका गतिविधि रोक्न भइरहेका क्रियाकलापप्रति सतर्क रहन पार्टी पंक्तिलाई निर्देशन जारी गरेको छ ।

एमालेले आगामी मंसिर ५ र ६ गते उपत्यका केन्द्रित सभा गर्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले सभाहरूमा हुनसक्ने घुसपैठप्रति पनि पार्टी जानकार रहेको र त्यसका लागि स्वयंसेवक पनि तम्तयार रहेको बताए।

‘हामी सतर्क छौं । तीन ढंगले हामीलाई अवरोध गर्न खोजेको देखिन्छ । कतिपय ठाउँमा मुठभेड गराउन खोज्ने,’ ज्ञवालीले भने, ‘नेताहरूलाई स्थानहद र घुसपैठ गराउने अवान्छित क्रियाकलाप गराउन सक्नेछन् । त्यसका लागि हाम्रा स्वयंसेवक साथीहरू तम्तयार नै हुनुहुन्छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति